वेब सिरिजमा क्रिस

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको छ । यसको रोकथाम गर्न र रोग लाग्न नदिन सचेतनालाई जोड दिइएको छ । सामाजिक दुरी कायम गर्दै यसको संक्रमण फैलिन नदिन विश्व यतिबेला ‘लकडाउन’ मा छ । यसैले गर्दा पनि पछिल्लो समय डिजिटलका विभिन्न माध्यम मार्फत उपलब्ध फिल्महरु हेरेर विश्वकै दर्शकले मनोरंजन लिईरहेका छन् ।

पछिल्लो समय हलिउडका ठुला कलाकार पनि वेब सिरिजमा काम गरिरेहेका छन् । यसैक्रममा सुपर हिरो थोरको नामले परिचित कलाकार क्रिस हेम्सवर्थ अभिनित ‘एक्स्ट्राक्सन’ रिलिज हुने भएको छ । ‘एभेन्जर्स’ सिरिजका समेत महत्वपूर्ण कलाकार क्रिसको यो सिरिज नेटफ्लिक्समा प्रदर्शनमा आउदैछ । क्रिसलाई यसमा एक्सन अवतारमा दर्शकले देख्न पाउने छन् । उनले सैनिकको भूमिका निर्वाह गरेका छन् ।

यसलाई शाम हारग्रेभले निर्देशन गरेका छन् । सिरिजमा क्रिससँगै रुद्राक्ष जैसवाल , डेभिड हार्बर , पंकज त्रिपाठी , रणदीप हुडा , गोलशिफ्ते फराहानी लगायतको अभिनय रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्