‘सिक्किमे युवती’

Photo By :- Ranga Raj Acharya

फिल्म । ट्रेलर सार्वजनिक भएसँगै दर्शकले नोटिस गरिरहेका छन् , हजार जुनीसम्मलाई । युट्युबमा ट्रेलरलाई ११ लाख बढीले हेरिसकेका छन् । फिल्मलाई चर्चित सिरिज ‘नाई नभन्नु ल’ विकाशराज आचार्यले निर्देशन गरेका हुन् । लेखक हुँदै निर्देशनमा आएका विकाशले केहि वर्ष यता नाइँ नभन्नु ल सिरिजलाई नै अगाडी बढाई रहेका छन् । तर , यतिबेला उनले आफ्नो व्यानरबाट पर हटेर ‘हजार जुनीसम्म’ निर्देशन गरेका छन् । टिम उस्तै भएपनि मर्म भने केहि फरक छ । यसपटक कथ्य शैली नै भिन्न रहेको विकाश बताउछन् ।

आउँदो विहिबार अर्थात् जनै पुर्णिमाकै दिनबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल , स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , संचिता लुइँटेल र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । स्वस्तिमा गत वर्षकि नेशनल अवार्ड विनर हुन् । उनको ‘बुलबुल’ पछि यो फिल्म प्रदर्शनमा आउंदैछ ।

‘यसमा मेरो सिक्किमे युवतीको भूमिका छ , जो चुलबुले छिन्’ स्वस्तिमाले भनिन् । उनले आफ्नो सिक्किमे पन र लवज दर्शकलाई नौलो हुन् सक्ने संकेत गरिन् । यसका साथै उनले मल्टीस्टारर फिल्म भएकाले केहि सिक्ने मौका पनि पाएको बताइन । ‘मैले सिनियर तथा अनुभवी कलाकारहरुसंग काम गर्न पाउँदा धेरै कुरा सिकेकी छु’ उनले भनिन् । उनले विकाशको टिममा काम गर्दा पारिवारिक माहोल हुने समेत बताइन । ‘फिल्म पनि फ्यामिली ड्रामा पनि बाहिर पनि माहोल त्यस्तै’ उनि भन्छिन् ‘फिल्म राम्रो बनेको छ यसले मनोरंजन दिन्छ ।’ फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

कमेन्ट गर्नुहोस्