रंगमञ्चमा स्वस्तिमा

थियटर । रंगमञ्च (नाटक) हुँदै फिल्ममा उदाएका धेरै कलाकारहरु छन् । अभिनयलाई जीवन दिने भनिएकोले पनि थियटरमा काम गरेका अनुहारहरुले पाएको भूमिकालाई न्याय गर्ने गरेका छन् । थियटरको अर्को मज्जा भनेकै दर्शकसँग प्रत्यक्ष हुन् पाइन्छ । अभिनयलाई जीवन्त बनाउने कलाकारको लागि दर्शक समिक्षक र ऐना दुवै हुन् ।

सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा जस्ता स्थापित नामहरुले अभिनयको प्रारम्भ रंगमञ्च मार्फत नै गरेका हुन् । यद्दपी स्थापित नाम भएपछी अभिनेत्री स्वस्तिमा खड्काले थियटरमा एक प्ले गर्दैछिन् । नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकलाई बिमल सुवेदीले निर्देशन गर्नेछन् । रिहर्सल गरिरहेकी स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन् ।

उनि अभिनित फिल्म ‘बुलबुल’ मा उनको अभिनयको तारिफ भएको थियो । साथै , उनले राष्ट्रिय अवार्ड पनि पाएकी थिइन् । त्यसपछि बढेको क्रेजको मुल्यांकन गर्दै स्वस्तिमाले थियटरमा काम गर्ने मनसाय बनाएको बताइन्छ । राजेश हमाल , नम्रता श्रेष्ठ पनि स्थापित भइसकेपछी थियटरमा प्रस्तुत भएका थिए ।

Work in progress….. 🙏 #comingsoon

Posted by Swastima Khadka on Tuesday, December 29, 2020
कमेन्ट गर्नुहोस्