फिल्म । महेश बाबुसँग फिल्म ‘एसएसएमबी २९’ निर्देशन गरिरहेका तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौलीले यसलाई एक भाग वा बनाउँछ वा दुई भागमा यसको चर्चा बढ्न थालेको छ । ‘बाहुबलीः द बिगिनिङ (२०१५)’ देखि उनका सबै फिल्मको विश्वव्यापी प्रदर्शन हुने गरेका छन् । उनी ग्लोबल निर्देशकका रुपमा परिचित छन् । ‘बाहुबली’ को कथालाई दुई भागमा विट मारेका निर्देशक राजामौलीले ‘आरआरआर’ लाई एक भागमै सकाए ।
फिल्म ‘एसएसएमबी २९’ कति भागमा रिलिज हुन्छ ? यो प्रश्नमा निर्देशक राजामौलीले यो फिल्म एक भागमा रिलिज हुने बताएका छन् । यसअघि यो फिल्मलाई दुई भागमा रिलिज गर्ने चर्चा चलेको थियो, जसका कारण राजामौलीको दिमागमा फिल्मलाई लिएर धेरै कुरा चलिरहेको थियो । तर, निर्देशक राजामौलीले फिल्मको कथा लम्ब्याउन चाहेनन् ।
एक्शन एडभेन्चर फिल्म भनिएको ‘एसएसएमबी २९’ फिल्ममा तेलुगु सुपरस्टार महेश बाबुसँगै पृथ्वीराज र प्रियंका चोपडा लगायतका कलाकारले काम गरिरहेका छन् ।











