‘फाउन्डेसन मार्फत सेवा गर्छौ’ आयंका

फिल्म । अभिनेत्री प्रियंका कार्कीले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दो ‘आयंका फाउन्डेसन’ को घोषणा गरेकीछिन् । उनले आफ्नो जीवनसाथी आयुष्मान डिएस जोशीसँग इन्गेजमेन्ट गरेपछि ह्यासट्याग आयंका गरेकी थिइन् । आफ्नो र आयुष्मानको नाम मिलाएर आयंका बनाएकी प्रियंकाले यहि नामबाट फाउन्डेसनको सुरुवात गरेकी हुन् । आउदो वर्षको असारमा आयुष्मानसँग विवाह बन्धनमा बाधिन लागेकी प्रियंकाले सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै फाउन्डेशनको स्थापना गरिएको बताइन ।

फाउन्डेसनले गर्न लागेका मुख्य कामहरुमा किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका छन् । यस्तै, सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि योसँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ ।

‘हाम्रो कमाको १० प्रतिशत यसमा राखेर त्यसलाई सामाजिक सेवामा लगाउछौ’ प्रियंकाले भनिन् ‘हामीले विभिन्न एनजीओहरुसँगको सहकार्यमा पनि काम अगाडी बढाउछौ ।’ यसैगरी अभिनेता आयुष्मानले पनि फाउन्डेसन निस्वार्थ भावनाले स्थापना गरेको बताए । ‘हामीले गर्नेकामबाट कसैलाई सहयोग मिल्छ भने किन नगर्ने भन्ने सोचाईले अगाडी बढेका हौ’ आयुष्मानले भने ‘हामीले आफ्नै किसिमले सहयोग गरिरहेका हुन्छौ अब फाउन्डेसन नै स्थापान गरेपछी यसले व्यवस्थित मोड लिन्छ ।’

कमेन्ट गर्नुहोस्