साउथस्टार यशलाई भेट्न नपाएपछी फ्यानले गरे आत्महत्या

फिल्म । गत वर्षको अन्तिम महिना डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनो स्टारडम बढिरहदा गत जनवरी ८ मा उनको जन्मदिन थियो , तर उनले मनाएनन् । यसको कारण उनले खोलेका छन् । यशले बर्थ डे सेलिब्रेट नगर्नुको पहिलो कारण भने उनक परिवारमा एक सदस्यको मृत्यु भनेका छन् । केहि समय अगाडी उनको एक परिवारको सदस्यको देहान्त भएको थियो । तर अर्को कारण भने उनको फ्यानको मृत्यु पनि रहेको छ ।

जनवरी ८ को दिन उनलाई जन्मोत्सवको शुभकामना दिन फ्यान घरवरपर जम्मा भएका थिए । जस मध्य एक रवि नामको फ्यानले उनलाई भेट्ने एकदमै ठुलो मनसाय राखे । रविले बारम्बार गार्डसँग यशलाई एक पटक भेटन चाहेको बताए तर गार्ड मानेनन् । अन्तत फ्यानले त्यहि आफुमा पेट्रोल छर्केर आगो लगाए । उक्त ब्यक्तिलाई बचाउने प्रक्रिया थाल्दै थाल्दै उनको ज्यान गईसकेको थियो । यसैले गर्दा यशले केजिएफको सफलता र आफ्नो बर्थ डे सेलिब्रेट गरेनन् । उनले फ्यानलाई लिएर दुख व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्