सङ्गीत । गायक हसन राई र गायिका इन्द्रकला राईको स्वरमा ‘पैसाकी बैस’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत लुङ्टो क्रियशन युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘द भ्वाईस अफ नेपाल सिजन ६’ कै अर्का प्रतिस्पर्धी गायक तथा संगीतकार रोशन राईको यसगीतमा शब्द तथा संगीत रहेको छ । सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
‘पैसाकी बैस’ गीतको म्युजिक भिडियोमा रियल जोडी जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । जिवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनिहरुको रोमान्ससंगै गाउले जिवन सहितको प्रेमपनि देख्न सकिन्छ ।
बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।