इकु भन्छन् ‘बच्चाको लागि आश्रम बनाउने सपनाछ’

फिल्म । टेलिफिल्म मेरी बासै मार्फत इकुको उपनामले चर्चामा आएका शुलेमान शंकरको रेखदेखमा संचालन भईरहेको स्नेह आश्रमका बालबालिकाले शनिवार पिकनिक मनाएका छन् । आश्रममा रहदै आएका १४ बालबालिकाले पिकनिक मनाउदा निकै खुसि लागेको शुलेमानले बताए । ‘यी नानीहरुको लागि म काम गरिरहेको छु’ उनले भने ‘यिनलाई खुसि पाउदा म पनि निकै खुसि हुन्छु ।’ उक्त बालबालिकाहरुको निमित आफ्नो जन्मदिनमा भवन निर्माण गर्ने घोषणा गरेका शुलेमानले आफ्नो आम्दानीकै भरमा आश्रमलाई चलाउदै आएका छन् ।

‘भवन निर्माणार्थ नै विभिन्न देशमा कार्यक्रम लिएर जादैछु’ उनले बालबालिकासँग आफु रहदा निकै खुसि मिल्ने गरेको बताए । ‘मेरो संसार नै यिनीहरु नै हुन्’ उनले भने ‘अब यिनीहरुकै बास , कपास र शिक्षाको लागि मेहनत गर्छु ।’ उनले बेलाबखतमा आइरहने सहयोगी दातालाई भने धन्यवाद दिन्छन । शनिवार आयोजित पिकनिकको पनि सम्पूर्ण खर्च युएसएमा रहेको संस्था लक्षिण फाउन्डेसन आइएनसीले बेहोरेका थिए ।

कमेन्ट गर्नुहोस्