बिक्रमको ‘किङ्स प्यालेस रोधी क्लब एन्ड के पप’ सञ्चालनमा

देश । नेपाल र कोरियाको लोक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उदेश्य सहित राजधानी स्थित उत्तरढोकामा ‘किङ्स प्यालेस रोधी क्लब एन्ड के पप’ संचालनमा आएको छ । फिल्म निर्मातासँगै ब्यबसायी समेत रहेका बिक्रम जंग शाहले यसलाई संचालनमा लाएका हुन् । अघिल्लो साता मात्र उद्घाटन गरिएको रोधी क्लबमा नेपाल र कोरियोको संस्कृति दर्साउने वातावरण पाइने बिक्रमले बताए ।

‘हामीले एउटा पारिवारिक माहोल तयार पारेका छौ , जहाँ संस्कृतिका विभिन्न पाटो समेत देखिनेछन्’ बिक्रमले बताए । यहाँ नेपाली तथा कोरियन परिकारको साथमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति समेत लाइभ हेर्न पाइनेछ । ‘हामीले नेपाली खानासँगै कोरियन खानालाई विशेष सेफको निगरानीमा तयार गर्ने गरेका छौ’ बिक्रमले पारिवारिक माहोल रहेको समेत बताए ।

कमेन्ट गर्नुहोस्