आज छैठौं संविधान दिवस

देश । विक्रम संवत २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । त्यहि अनुरुप आज छैठौं संविधान दिवस मनाइँदै छ । संविधान दिवसलाई सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गरेर मनाउने तयारी नेपाल सरकारको छ ।

आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुने बताइएको छ । सो समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाउन लागिएको भन्दै सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्