फिल्ली क्याफे : विदेशी ब्राण्ड भित्र्याएर स्वदेशमा रोजगारी

देश । साथीसँगीहरुको भेटघाट होस् या पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको छ – चिया । तर, चिया खाने स्थानलाई सामान्य रुपमा लिदा यसले सम्पूर्ण वर्गलाई लक्षित गर्न सकेको छैन । चिया खान रहर गर्ने तर उपयुक्त स्थानको खोजि गर्ने एउटा वर्गलाई लक्षित गर्दै काठमाडौँको व्यस्त ठाउँका रुपमा परिचित लाजिम्पाट, लाविम मल र ठमेलमा संचालनमा आएको छ, फिल्ली क्याफे ।

संयुक्त अरब इमिरेट्समा चिया प्रेमी रफिह फिल्लीद्वारा स्थापित क्याफे अहिले विश्वभर १९ बढी देशमा रहेको छ । नेपालमा यसलाई एनडी थर्टी नाइन बिजनेस ग्रुप अन्तर्गत सञ्चालकद्वय नवीन खड्का र ध्रुव रिजाल भित्र्याएका हुन् । संचालक खड्काले पाँच वर्षमा ५० आउटलेट खोल्ने योजना अनुसार आफ्नो टिमले काम गरिरहेको बताए । लक्ष्य अनुसार नै फिल्लीको नेपालमा पहिलो वार्षिकोत्सव मनाउदै गर्दा चार आउटलेट भइसकेका छन् ।

‘हामी काठमाडौंमा फिल्ली क्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौँ । यसले चियाका पारखीलाई एउटा गन्तव्य दिएको छ । हामी कहाँ सबै वर्गका व्यक्ति ग्राहक बनेर आउनु हुन्छ’, संचालक खड्काले भने ।

उनका अनुसार फिल्ली क्याफेमा चिया अर्गानिक रूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनका साथ बनाइन्छ । फिल्ली ‘जाफ्रान टी’का लागि परिचित छ, जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । क्याफेले आइस्ड चाई, मिल्कसेक, मकटेल, वन कबाब, स्यान्डविच, फुडल, मोमोज र थप कुराहरू समावेश गर्ने विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँछ ।

उनले आफ्नो व्यवसायसँगै रोजगारीको अवसर पनि सिर्जना गरेका छन् । उनको चार आउटलेटमा ७५ को हाराहारीमा कर्मचारी रहेका छन् । उनले विदेशी ब्राण्ड नेपाल भित्र्याएर स्वदेशमा रोजगारीको उत्पादन गरेका छन् ।

अहिले उनका ग्राहक सेलिब्रेटी पनि बनिसकेका छन् । फिल्ली क्याफेको सोसल मिडिया नियाल्दा अभिनेता राजेश हमाल, अभिनेत्री प्रियंका कार्की, गायक रामकृष्ण ढकाल, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, कलाकार सन्दीप क्षेत्री लगायत थुप्रै परिचित नाम त्यहाँ चिया पिउन पुग्ने गरेका छन् । क्याफेलाई दुबईकै फिल्लीमै नेपाली पन दिएर डेकोरेट गरिएको छ ।

कमेन्ट गर्नुहोस्