बलिउड एक्टर ऋतिक रोशन पछिल्लो समय अपकमिङ फिल्मको कारण चर्चामा छन् । उनले अभिनय गर्ने फिल्मको लिस्ट सार्वजनिक भएसँगै उनको फ्यान उत्साहित भएका छन् । कहो ना प्यार हे डेब्यु अभिनेता ऋतिक अभिनित फिल्म ‘काबिल’ गत वर्ष प्रदर्शनमा आएको थियो । त्यस यता उनको फ्यानले उनलाई देख्न पाएका छैनन् । यसैले गर्दा पनि ऋतिकले अभिनय गर्ने पाँच खास फिल्मको नाम सार्वजानिक फ्यानलाई उत्साहित बनाएको छ ।
ऋतिक अभिनित फिल्म ‘सुपर ३०’ सन् २०१९ मा रिलिज हुनेछ । फिल्मलाई बिकास बहलले निर्देशन गरेका हुन् भने फिल्ममा उनि भारतीय गणितीज्ञ आनन्द कुमारको भूमिकामा देखिनेछन । साथै उनले यशराज फिल्मसको ब्यानरमा बन्ने एक फिल्ममा पनि काम गर्दैछन । यसमा उनको को स्टारको रुपमा टाइगर श्राफ र बानि कपूर देखिनेछन । फिल्मको नाम सार्वजनिक नगरिएता पनि यसमा लभ स्टोरीसँगै जबरजस्त एक्सन पनि हुने भारतीय मिडियामा उल्लेख छ ।
यसका साथै ऋतिकको अभिनय रहने अर्को फिल्म ब्ल्याक टाइगर पनि चर्चामा छ । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गर्नेछन भने यसमा ऋतिकसँगै अर्जुन कपूर पनि देखिने चर्चाछ । साथै उनि आफ्नो होक प्रोडक्सनमा निर्माण भईरहेको सफल सेरिज ‘कृष’ पनि व्यस्त हुनेछन । उनकै पिता राकेश रोशनको निर्देशन रहने फिल्मलाई दर्शकले सन् २०२० मा हेर्न पाउनेछन् । फिल्मको कथाको काम भईरहेको भारतीय मिडियामा खबर छ । यसका साथै ऋतिकले रोहित धवनको निर्देशनमा बन्ने फिल्ममा पनि काम गर्नेछन । ऋतिक पछिल्लो समय यी प्रोजेक्टमा व्यस्त छन् । यसैले गर्दा पनि यस वर्षमा पर्दामा देख्न नपाएका फ्यानले आउदो वर्ष उनलाई भिन्न भिन्न अवतारमा देख्न पाउनेछन् । एजेन्सी












