गसिप । भिडियोमा खोजिने मध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ‘यात्रा : द म्युजिकल भ्ल्ग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा समेत अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ बन्ने भनिए पनि उनले अभिनय गरेको पछिल्लो फिल्म हो ‘सतीदेवी’ ।
फिल्ममार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियो ‘फूलबुट्टे’ सारी’ ले फिल्मले दिन नसकेको पहिचान दियो । त्यस यत आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीतमा दर्शकले उनलाई ‘मार्क’ गरे । तर, उनी फिल्ममा त्यो सफलता चाहन्छिन् । वा अभिनयमार्फत दर्शकको स्मरणमा रहन चाहन्छिन् ।
म्युजिक भिडियोमा एक समय खोजिने नाम बनिसक्दा पनि फिल्मबाट भने उनलाई चिन्ने दर्शक निकै कम छन् । उनले अभिनय गरेको फिल्मको रिलिज घोषणा नहुँदै रङ्गमञ्चमा समेत प्रस्तुत हुँदैछिन् । ‘पगला घोडा’ नाटक मार्फत उनले कलाकारिता देखाउदै छिन् । म्युजिक भिडियो झैँ फिल्म र नाटकमा सफलता खोजिरहेकी मलिकाको आगामी दिन कस्तो हुन्छ ? यो भने हेर्न बाँकी छ ।











