फिल्म । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन् । भोला र सुपला फिल्ममा जोडिएसँगै निर्माण पक्षले छायांकनको तयारी अघि बढाएको छ ।
निर्देशक पन्तका अनुसार फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ। फिल्मका लागि कलाकारको टिम करिब पूरा हुने क्रममा रहेको उनले बताए। ‘फिल्मका लागि कलाकारहरूको टिम करिब-करिब पुग्ने अवस्थामा छ। अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। तर हामी सबै कुरा छिट्टै मिलाएर दशैंपछि सुटिङमा निस्किन्छौँ,’ पन्तले भने।
यसअघि फिल्ममा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्धित भइसकेका छन्। ‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन्। छत्रबहादुर खड्का सह–निर्माता तथा धीरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्द दीपक शर्मा र निर्देशक पन्तको रहनेछ। मुख्य सहायक निर्देशकमा मणि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्।










