‘गौँथली’ले कति कमायो ?

फिल्म । गत साउन १ मा प्रदर्शन भएको फिल्म ‘गौँथली’ले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ २१ गतेसम्म २५ करोड ८६ लाख २ हजार ६ सय ९५ रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका ९ लाख ३७ हजार ६ सय ९६ वटा टिकट बिक्री भएका छन् । फिल्म ‘गौँथली’ले घरेलुबजारमा आकर्षक कमाइ गर्दै सर्वाधिक कमाउने दोस्रो नेपाली फिल्म बनिसकेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मलाई वितरक कम्पनी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्