‘एक्का तीन’मा देखियो पूजा र कविताको टकराव

फिल्म । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक लुक्समा फिल्मका दुई मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ ।

जुना फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको पोस्टरमा पूजा र कविताबीचको टकरावलाई देखाइएको छ । यसअघि निर्माण पक्षले फिल्ममा पूजा र कविताबीच कडा टक्कर हुने जनाएको थियो ।

रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ । एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा पूजा र कविताको भिडन्तलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा पुष्प खड्का पनि मुख्य भूमिकामा रहने यसअघि नै सार्वजनिक भइसकेको छ । पूजा र कवितालाई फरक तथा आक्रामक अवतारमा प्रस्तुत गरिएको लुक्सले फिल्मप्रति दर्शकको चासो बढाउने देखिन्छ । एक्सनप्रधान ‘एक्का तीन’मा दुई अभिनेत्रीबीचको टकराव कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने विषयलाई भने दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्