‘माया भनेकै यस्तो होला’ मार्फत फिल्म निर्माण र अभिनयमा फर्किए दिलकृष्ण

फिल्म । कुनै समय नेपाली फिल्ममा अभिनेता र निर्माताको रुपमा परिचित दिलकृष्ण श्रेष्ठ पुनः फिल्म निर्माण तथा अभिनयमा सक्रिए भएका छन् । नेपाली फिल्ममा असफलता प्राप्त गरेपछि विदेशीएका अभिनेता श्रेष्ठले केही वर्षको अन्तरालमा ‘माया भनेकै यस्तो होला’ तयार गरेका छन् । आगामी भदौको अन्तिम सातादेखि प्रदर्शनमा आउने फिल्मलाई रेखा थापाले निर्देशन गरेकी छिन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरिनारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।

सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने फिल्मको पटकथा ध्रुव लम्सालले लेखेका हुन् । सुदीप बरालको छायाङ्कन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट तथा चुडामणि (सीएम) प्रोडक्सन प्रमुख रहेका छन् । फिल्मलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

कमेन्ट गर्नुहोस्