फिल्म । आगामी शुक्रबार अर्थात् जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘एक मुठ्ठी बादल’ लाई हेर्नेले रुचाएका छन् । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायत विशिष्ट व्यक्तित्वहरूले फिल्म हेरेर दिएको प्रतिक्रिया फिल्म टिम उत्साहित छ । आर्थिक असमानता, पारिवारिक सम्बन्ध र विदेश अध्ययनपछि बदलिएको सामाजिक दृष्टिकोणलाई पनि फिल्मले प्रभावकारी रूपमा उठान गरेको फिल्म हेर्नेले बताएका छन् ।
साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
फिल्ममा लिन्ह डान गुयेन फान को छायांकन, यशस्वी सभरवाल को प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन तथा कीर्ति जोशीको मेकअप रहेको छ । फिल्ममा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकका रूपमा काम गरेकी छन् भने शर्मिला आले र मीरा खड्का सहायक निर्देशकका रूपमा रहेका छन् ।
फिल्मका अधिकांश विधामा महिलाको नेतृत्व रहेको निर्माण टिमले जनाएको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन को सहकार्यमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्स ले नेपालभर वितरण गर्नेछ ।












