‘बादशाह जुट’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । लामो समय देखि प्रदर्शनको प्रतीक्षामा रहेको फिल्म ‘बादशाह जुट’ आउँदो कार्तिक १५ मा रिलिज हुने भएको छ । नयाँ डेट तय भएसंगै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार खुलाइएको छ । जोनी सिंह राणाको निर्देशनमा तयार फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय रहेको छ भने अतिथिको भूमिकामा प्रियंका कार्की छिन् ।

फिल्मलाई हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, अभिषेक शशि कुमारको लेखन ,दिर्घ खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्