फिल्म । २७ मार्च २०२२ मा वितरण हुने ९४ औँ अस्कर अवार्डको मनोनय घोषणा गरिएको छ । विश्व फिल्मको सर्वोच्च अवार्ड मानिने अस्करले वुधवार विहान डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, म्युजिक (ओरजिनल स्कोर), म्युजिक ओरजिनल सङ, एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड एन्ड भिजुअल इफेक्ट विधाको मनोनयन सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय फिचर विधातर्फ १५ फिल्म मनोनित भएका छन् । ९२ वटा मुलुकका फिल्ममध्येबाट यी फिल्म छानिएका हुन् । १५ वटा फिल्म डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सब्जेक्टमा १५ फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङमा १० फिल्म, ओरजिनल स्कोर म्युजिकतर्फ १५ फिल्म, म्युजिक ओरजिनल सङतर्फ १० गीत छानिएका छन् । जनवरी २७ देखि मनोनित फिल्ममाथि मतदान हुनेछ र समापन चाहिँ फेब्रुअरी १, २०२२ मा हुने भएको छ । अस्कर अवार्डको घोषणा फेब्रुअरी ८, २०२२ मा हुने भएको छ । यसवर्ष नेपालले अस्करमा कुनैपनि फिल्म पठाएको थिएन ।












