‘काजी’को प्रिभ्युमा यस्तो देखिए विपिन र केकी

फिल्म । अभिनेता विपिन कार्कीको शिर्ष भूमिका रहेको फिल्म ‘काजी’ को प्रिभ्यु सार्वजनिक गरिएको छ । फिल्म निर्माण कम्पनि रिजाल एण्ड रिजाल प्रोडक्सनले सार्वजानिक गरेको उक्त प्रिभ्युमा अभिनेता कार्कीसँगै अभिनेत्री केकी अधिकारी फिचर्ड छन् । नव विवाहित जोडीको संवादलाई प्रेमिल भावलाई प्रिभ्युमा देखाईएको छ ।

आगामी जेठ ८ गते सार्वजनिक हुने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । उनका अनुसार ‘काजी’ एक क्लासिक प्रेमकथामा आधारित फिल्म हो, जसले दर्शकलाई सरप्राइज दिने छ । उनले यस फिल्मलाई लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’जस्तै उत्कृष्ट प्रेमकथाका रूपमा लिन सकिने बताए ।

फिल्ममा अभिनेत्री केकी अधिकारी ‘कजिनी’ पात्रमा प्रस्तुत भएकी छन् । प्रिभ्यूमा फिल्मको भव्य निर्माण शैली र प्रभावशाली संवादले दर्शकको ध्यान खिच्न सफल देखिन्छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको यस फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याललगायतको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको लोकेशन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

फिल्ममा क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेका छन् । कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकासराज जोशी हुन् । फिल्मको वितरण नेपालभर श्रीराम बालाजी फिल्म्सले गर्नेछ ।

कमेन्ट गर्नुहोस्