फिल्म । दिव्या रायमाझी र कुल ब्वाईका उपनामले परिचित पारस बम ठकुरीको अभिनय रहने फिल्म ‘बेहुली’ बन्ने भएको छ । फिल्मलाई सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गर्ने भएका छन् । लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय अर्जुन पोखरेल यस फिल्ममार्फत पहिलो पटक निर्माणमा आएका हुन् । फिल्मको सङ्गीत निर्देशनसमेत उनले नै सम्हालेका छन् । फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने कथा माधव शर्माले लेखेका हुन्।
फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहनेछ ।
कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह निर्मातामा दुर्गा खरेल तथा रमेश सिलवाल रहेका छन् । फिल्ममा शंकर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा जोडिएका छन् ।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको सम्पादन विकास दाहालले गर्नेछन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हाल्नेछन् । मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् । प्रोडक्सन हेडको जिम्मा यमप्रसाद ओलीले लिएका छन् ।










