सेन्सर पास भयो ‘आ बाट आमा’

फिल्म । शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भइसकेको छ । दुई दिनअघि केन्दीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्म हेर्दा भावुक बनेको र सकारात्मक प्रतिक्रिया दिएको निर्माताको दावी छ । सेन्सर बोर्डका सदस्यको यो प्रतिक्रिया सुनिसकेपछि निर्माण पक्ष फिल्मलाई लिएर निकै उत्साहित देखिन्छ ।

यस फिल्ममा समावेश गीत ‘लैजा खवर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ले पनि दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ। साथै यो गीतले युटुबमा ३० लाख भन्दा माथी भ्युज कमाई सकेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई चन्द्रपन्तले निर्देशन गरेका हुन्। उनकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारले अभिनय गरेको छन् । टिजर ट्रेलर र गीतले समेत हाइप बटुलिसकेको यो फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। फिल्ममा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् भने अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा करण सिंह रसाली हुन्। यस फिल्मलाई नवराज उप्रेतीले खिचेका छन्। फिल्मको सम्पादन मिलन श्रेष्ठ, ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन् भने फिल्म वितरण आरआर फिल्म्सले गर्दैछ । साथै डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।

कमेन्ट गर्नुहोस्