सौन्दर्य । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा शुक्रबार साँझ राष्ट्रिय नाचघर, जमलमा ‘डीएसए स्टार सिजन-२०’ को फिनाले सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विधातर्फ बालबालिकाले शीर्ष उपाधि जितेका छन् । ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बनिन्। स्वर्ण महर्जन फस्ट रनरअप, प्रिसा डंगोल सेकेण्ड रनरअप र रुही कनौया थर्ड रनरअप भए।
त्यस्तै, ‘जुनियर डान्सिङ स्टार’ तर्फ दिक्षा खड्काले शीर्ष उपाधि जितिन्। कृषा श्रेष्ठ फस्ट रनरअप, एलिज्ना प्याकुरेल सेकेण्ड रनरअप, सराया मल्ल थर्ड रनरअप, इथन महर्जन फोर्थ रनरअप, हेजल श्रेष्ठ फिफ्थ रनरअप, बिबिशा महर्जन सिक्स्थ रनरअप, परिश्री रिजाल सेभेन्थ रनरअप र मायिरा बानियाँ एट्थ रनरअप बने।
‘प्री–टिन डान्सिङ स्टार’ तर्फ सान्सा नेपाल विजेता बनिन्। सुभेक्षा दानी फस्ट रनरअप, समीक्षा रायमाझी सेकेण्ड रनरअप, निभा कायस्थ थर्ड रनरअप, प्रिन्जला खाती फोर्थ रनरअप, यरिका गुरुङ फिफ्थ रनरअप, फराह खान सिक्स्थ रनरअप, माहिरा पाण्डे सेभेन्थ रनरअप, रितु तामाङ एट्थ रनरअप र आर्मित्मा गाहा मगर नाइन्थ रनरअप भए।
त्यस्तै, ‘सिङ्गिङ स्टार’ तर्फ अमृता सुनवारले शीर्ष उपाधि जितिन्। सुनाक्षी दियाली फस्ट रनरअप, अभिषेक श्रेष्ठ सेकेण्ड रनरअप, श्रेयन थापा थर्ड रनरअप र प्रसन्न श्रेष्ठ फोर्थ रनरअप घोषित भए।
‘डीएसए एक्टिङ स्टार’ तर्फ साइमन महर्जन विजेता बने। निर्विघ्न घिमिरे फस्ट रनरअप, म्याक्स थापा सेकेण्ड रनरअप र डाइलन श्रेष्ठ थर्ड रनरअप भए।आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकालाई काठमाडौंको बालाजुस्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो।
नेपाल प्रहरीका एआईजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकमा पतञ्जली आयुर्वेद नेपालका व्यवस्थापक प्रतिनिधि, युवा समाजसेवी, कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पूर्वडीआईजी कृष्णभक्त ब्रह्माचार्य, गायिका मनीषा पोखरेल तथा निर्देशक एवं कोरियोग्राफर मौसम हिमाली रहेका थिए।
हर्लिस नेपाल प्रमुख प्रायोजक रहेको प्रतियोगितामा चोको फन क्रसको सहयोग थियो। परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोनिया जीआरले विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने बताइन्।
हाउसका निर्देशक राज बराइलीले बालबालिकामा रहेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण निर्माण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाको ढोका खोल्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।










