‘र्‍याप व्याटल अफ नेपाल २०१९’ हुँदै

संगीत । विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट र्‍याप संगीतको क्षेत्रमा बृहतरुपमा र्‍याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ। विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर समूह र वर्गका लागि सौन्दर्य र प्रतिभामूलक कार्यक्रम आयोजना गर्दै आएको हाउसले र्‍याप संगीतका लागि पहिलोपटक बृहतरुपमा रियालीटी शोका रुपमा स्पर्धा गर्न लागेको हो । १२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन् ।

यो रियालिटी शोमा भोछिङ प्रणालि तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने उनले बताए। व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ। टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानलमा देखाईने र्‍यापव्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ। अडिसनबाट एक सयजनालाई चयन गरिने र उनीहरुका बिच स्पर्धा गराइने कार्कीले जनाएका छन्। र्‍यापगीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण ¥याप व्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए । उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित र्‍यापरहरुकै बिच सञ्चालन गरिनेछ।

कमेन्ट गर्नुहोस्