गसिप । नेपाली फिल्म ‘महापुरुष’ मार्फत अभिनेत्रीको रुपमा परिचित भएकी अभिनेत्री अञ्जना बराइली पछिल्लो समय पारिश्रमिकका कारण चर्चामा छिन् । नेपाली कलाकारहरू पारिश्रमिकको कारण सधै नै चर्चामा रहन्छन् । बेलाबखत नायिकाहरुले मागेको र लिएको पारिश्रमिकले पनि चर्चा पाउने गरेको छ । ‘पुजार सार्की, पूर्ण बहादुरको सारंगी, परान’ लगायतका फिल्मले व्यापारमा सुखद नतिजा देखाएपछि अञ्जना महंगिएको चर्चा सुरू थालेको छ ।
अञ्जनाले रिलिजका लागि तयार भएको फिल्म ‘परिवर्तन’मा २० लाख पारिश्रमिक लिएको बिषय चर्चामा छ । उक्त फिल्ममा अञ्जनाले २५ लाख डिमाण्ड गरेता पनि २० लाखमा अभिनय गरेको बुझिएको छ । यद्यपि, उनी अहिले अभिनयको प्रस्ताव लिएर जाने निर्मातालाई आफूले २५ लाख लिने गरेको भन्छिन् ।
‘मैले अभिनय गरेको ब्लकबष्टर भएको फिल्मका निर्देशककै अर्को फिल्ममा २५ लाख लिएकी छु’ भनेपछि अञ्जनालाई फिल्मको प्रस्ताव लिएर जाने निर्माता त्रसित बन्न थालेका छन् । उनले एक अभिनेत्रीले नै निर्देशन गर्ने फिल्मको लागि भारी पारिश्रमिको डिमाण्ड गरेकी हुन् । अञ्जनाले आखिर किन यति धेरै पारिश्रमिक मागिन् भन्नेहरू पछिल्लो समय बढ्न थालेका छन् ।
कलाकारको पारिश्रमिककै कारण फिल्म निर्माण लागत बढिरहेको भनेर निर्माताहरूले गुनासो गरिरहेको सन्दर्भमा अञ्जनाको यो बढ्दो पारिश्रमिकलाई निर्माताहरूले स्वीकार गर्छन् वा विकल्प खोज्छन् ? अञ्जनाको यो डिमाण्डले उनलाई फिल्ममा कसरी अगाडि बढाउँछ ? यो भने हेर्न बाँकी छ ।











