चलचित्र पत्रकारको कार्यशाला काठमाडौंमा सुरू

फिल्म । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको पहिलो दिन चार सेसन चलेको छ । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालले पत्रकार आचारसंहिता, रङ्ग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता : हिजो र आज, फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षा सम्बन्धि कक्षा लिनुभएको थियो ।

काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना भईरहेको ‘कार्यशाला तथा गोष्ठी’ माघ १४ गतेसम्पन्न हुनेछ। दोस्रो दिन छायाँकार विष्णु कल्पितले दृश्य भाषा र लेखन, प्रस्तोता नरेश भट्टराईले प्रस्तोता प्रस्तुती सम्बन्धी क्लास दिनेछन् । कार्यक्रममा पुर्व अध्यक्षहरू विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताको विषयमा छलफल गर्नेछन् । यसको सहजकर्ताको रुपमा पत्रकार डब्बु क्षेत्री रहेकाछन् ।

दुई दिने कार्यशालाले पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई लाभ दिने संघका अध्यक्ष दिनेश सिटौलाले बताए । ‘हाम्रो उदेश्यनै विभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई अझै दक्ष बनाउनु हो । हामी आफ्नो सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ’, अध्यक्ष सिटौलाले भने । कार्यशालामा काठमाडौंसँगै शाखासहित एक सय जना सहभागी रहेकाछन्।

कमेन्ट गर्नुहोस्