फिल्म । गएको मङ्सिर १८ देखि प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजबाट घरेलु बजारमा दोस्रो सातामा प्रवेश गरेको छ । पब्लिक रिभ्यु तथा समीक्षकको प्रतिक्रिया सकारात्मक आएपछि फिल्म हेर्न चाहने दर्शक बढ्दै गएका छन् । निर्माण पक्षका अनुसार राम्रो रिभ्यु र सकारात्मक प्रतिक्रियाका बाबजुद अपेक्षा अनुसार शो नपाइनु, नयाँ फिल्मलाई चुनौतीपूर्ण स्थिति सिर्जना हुने संकेत हो ।
सुशान्त गौतम निर्देशित यस फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्मको कथा मुकेश खनालले लेखेका हुन् । फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन्।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य हुन् । फिल्मका डिओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज, र सम्पादन मदन घिमिरेले गरेका हुन्।











