भव्यताका साथ सम्पन्न भयो इन्फा अवार्डको दोस्रो संस्करण

लन्डन । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ लन्डनमा भव्य रूपमा सम्पन्न भएको छ । ग्रीनफोर्ड हलमा शनिबार आयोजित कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ५’ ले उत्कृष्ट चलचित्रको उपाधि हात पार्दै अवार्डमा आफ्नो दबदबा कायम राख्यो । सोही फिल्मबाट निर्देशक दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्दा अभिनेता दीपकराज गिरीले पटकथाकारको अवार्ड जिते ।

त्यस्तै, जुरी अवार्ड निर्देशक विधामा चलचित्र ‘अञ्जिला’ बाट निर्देशक मिलन चाम्स पुरस्कृत भए । त्यस्तै अभिनयतर्फ, ‘लाज शरणम्’ का महेश त्रिपाठी उत्कृष्ट अभिनेता अवार्डबाट पुरस्कृत भए भने ‘कर्साङ’ की दीया मास्केले उत्कृष्ट अभिनेत्री अवार्डको हात पारिन् ।

अवार्ड विजेता सुची यस्तो छ :

उत्कृष्ट फिल्मः छक्का पञ्जा ५

उत्कृष्ट निर्देशकः छक्का पञ्जा ५ (दीपाश्री निरौला)

उत्कृष्ट अभिनेताः विजय बराल (पूर्णबहादुरको सारङ्गी)

उत्कृष्ट अभिनेत्रीः उपासना सिंह ठकुरी ( खुस्मा)

उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा ५)

उत्कृष्ट सम्पादनः साहिल खान ( द आउट ल : दफा २१०)

उत्कृष्ट छायांकनः पुरुषोत्तम प्रधानले (पिताम्बर)

उत्कृष्ट नकारात्मक भूमिकाः प्रमोद अग्रहरी (पिताम्बर)

उत्कृष्ट सह अभिनेताः जीतु नेपाल (कर्साङ)

उत्कृष्ट सह अभिनेत्रीः सृजना सुब्बा (अञ्जिला) ऋचा घिमिरे (तेल भिसा)

उत्कृष्ट नव अभिनेताः विवेक कर्माचार्य (वर एण्ड वधु)

उत्कृष्ट नव अभिनेत्रीः सृजना निङलेखु

उत्कृष्ट द्वन्द्व निर्देशकः चुल्ठे काजी र श्री श्रेष्ठ

उत्कृष्ट नृत्य निर्देशकः छक्का पञ्जा ५ ( सुनिल श्रेष्ठ र गम्भीर विष्ट

गायिकाः शान्ति श्री उत्कृष्ट परियार ( रुकुमै कोट (खुस्मा)

उत्कृष्ट गायकःआशिष अविरल ( रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)

संगीतकार थानेश्वर गौतम ‘रात किन हुन्छ हजुर’ (अञ्जिला)

स्पेसल मेन्सन अवार्ड फिल्मः सतिदेवी निर्देशकः कृषा चौलागाईं

प्रोत्साहन अवार्ड अभिनेताः सुमन भन्डारी (द आउट ल: दफा २१() अभिनेत्रीः दिव्या रायमाझी (पिताम्बर)

पपुलर अवार्ड

अभिनेताः प्रदीप खड्का (पिताम्बर)

अभिनेत्रीः स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)

पब्लिक च्वाइस अवार्ड

अभिनेताः दिपकराज गिरी (छक्का पञ्जा ५)

अभिनेत्रीः नीता ढुंगाना (ह्रस्व दीर्घ)

जुरी अवार्ड

निर्देशकः मिलन चाम्स (अञ्जिला)

अभिनेताः महेश त्रिपाठी (लाज शरणम्)

अभिनेत्रीः दीया मास्के (कर्साङ)

कमेडी एक्टर अफ द इयरः केदारप्रसाद घिमिरे

विशेष योगदान सम्मानः केकी अधिकारी

ब्लकबस्टर मुभी अफ द इयरः पूर्णबहादुरको सारङ्गी

डायस्पोरा मुभी अवार्डः तेल भिसा

कमेन्ट गर्नुहोस्