‘लालीबजार’को छायांकन सुरू

फिल्म । षट्कोण आर्टसको निर्माण रहेको फिल्म ‘लालीबजार’को छायांकन आजबाट सुरु गरेको छ । बर्दियाको राजापुरमा फिल्मको शुभ साइत गर्दै छायांकन सुरु गरिएको निर्माणपक्षले जनाएको छ । यो फिल्मलाई ३५ दिनसम्म खिचिनेछ । फिल्ममा नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछिन् । फिल्ममा यम थापाको लेखन तथा निर्देशन रहेको छ ।

फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँले यो फिल्मलाई निर्माण गर्न लागेका हुन् । फिल्म ‘लालीबजार’को विषयवस्तुको बारेमा केही पनि खुलाइएको छैन । फिल्मको प्रदर्शन मिति भने फागुनको १ गतेलाई तय गरिएको छ ।

फिल्मको केही समय अगाडि सार्वजनिक पोस्टरमा स्वस्तिमा गर्भवतीको भूमिकामा देखिएकी थिइन् । फिल्मका अन्य कलाकारहरूको विषयमा पनि निर्माणपक्षले केही बोलेको छैन ।

कमेन्ट गर्नुहोस्