डेब्यु फिल्ममै असफल भए निर्देशक हिमाल न्यौपाने

फिल्म । डेब्यु फिल्ममै निर्देशक हिमाल न्यौपाने असफल निर्देशकका रुपमा परिचित भएका छन् । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई लिएर निर्देशक न्यौपानेले तयार गरेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’लाई लिएर दर्शकमाझ निकै अपेक्षा थियो ।

यो फिल्मले प्रदर्शनको १२ औं दिनसम्म अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबारसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड १० लाख रुपैयाँ ग्रस छ ।

यो फिल्म ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’सँगै रिलिजमा आएको थियो । निर्देशक न्यौपाने निर्देशित यो फिल्ममा विजयसहित मिरुना मगर र केकी अधिकारीको पनि शीर्ष भूमिका छ । निर्देशक न्यौपानेले नत फिल्म समीक्षकको राम्रो समीक्षा पाउन सके नत अभिनेता बराल लगायतको कलाकारको स्टारडमको नै प्रयोग गर्न सके । दर्शक रुवाउँदा फिल्म चल्छ भन्ने मान्यता अनुसार फिल्म निर्माण गर्दा दर्शकले साथ् दिएनन् र फिल्म हेरेका दर्शकले अन्यलाई सिफारिस गरेनन् ।

यो फिल्म हाल प्रदर्शन भैरहेको भएता पनि यसले घरेलुबजार झैँ डायस्पोरामा पनि दर्शकको मन जित्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्