फिल्म । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मको १ मिनेट ११ सेकेन्डको टिजर ओएसआरको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेललगायतलाई देख्न सकिन्छ । समसामयिक कथामा आधारित यो फिल्मले प्रेम, बिछोड र एक्सनको मिश्रण प्रस्तुत गर्ने संकेत टिजरले दिएको छ ।
टिजरले कथाको केही रहस्य खुलाउने प्रयास गरेको छ, जसबाट प्रेमपछिको बिछोडको विषयलाई मुख्य रूपमा उठाइएको अनुमान गर्न सकिन्छ । फिल्ममा सुशील पोखरेल, जाहान्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय छ ।
साजिद खान प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता अयाज अलि खान हुन् । फिल्मको लेखन मौनता श्रेष्ठले गरेका छन् भने छायांकन रामेश्वर हुँमागाई, संगीत भरत बस्नेत, द्वन्द्व राजु किराँत र कोरियोग्राफी रामजी लामिछानेको छ । विनयराज पौडेल मुख्य सहायक निर्देशकको भूमिकामा छन् । निर्देशक राजेन्द्र बस्नेतले ‘प्रेम गीता’मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।












