रानीसँग रिल्स बनाउँदै फ्यानलाई शाहरुखले दिए सरप्राइज

फिल्म । भारतीय अभिनेता शाहरुख खान पछिल्लो समय चर्चामा छन् । आफ्नो फिल्म ‘किंग’ को छायांकनकै क्रममा उनले राष्ट्रिय अवार्ड पाए । साथै, उनका छोरा आर्यन खान ‘द ब्याड्स अफ बलिउड’ नामक सिरिजमार्फत निर्देशनमा डेब्यु गर्दैछन् । यी सब कारण चर्चामा रहेका शाहरुखले अभिनेत्री रानी मुखर्जीले सोमबार सामाजिक सञ्जालमा एक रोमान्टिक रिल्स साझा गर्दै प्रशंसकलाई सरप्राइज दिएका छन् ।

‘द ब्याड्स अफ बलिउड’को गीत ‘तु पेहली तु आखिरी’मा आधारित यो रिल्समा शाहरुख र रानीले सँगै अभिनय गरेका छन् । यो रिल्समार्फत उनीहरूले ७१औँ राष्ट्रिय फिल्म पुरस्कार २०२५ को जितको खुसी पनि साझा गरेका छन् ।

‘द ब्याड्स अफ बलिउड’नेसनल अवार्ड… हाम्रो अधुरो इच्छा पूरा भयो… बधाई रानी, तिमी रानी हौ र सधैं माया गर्छु’, शाहरुखले रिल्ससँगै क्याप्सन लेखेका छन् । शाहरुखले फिल्म ‘जवान’बाट सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए भने रानीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी थिइन् ।

यो रिल्समा शाहरुख र रानीको जोडीले ‘कुछ कुछ होता है’को राहुल र टिनाको सम्झना दिलाएको भन्दै प्रशंसकहरूले सामाजिक सञ्जालमा उत्साह व्यक्त गरिरहेका छन् । उनीहरूले यो जोडीलाई ‘राहुल र टिना’को नामले समेत सम्बोधन गर्दै खुसी साझा गरेका छन्।शाहरुख र रानीले विगतमा ‘कुछ कुछ होता है’ (१९९८), ‘कभी खुशी कभी गम’ (२००१), ‘चलते चलते’ (२००३) र ‘पहेली’ (२००५) जस्ता हिट फिल्महरूमा सँगै काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्