बक्सअफिसमा औसत ‘धडक २’

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘धडक २’ ले बक्स अफिसमा औसत सुरुवात गरेको छ । ‘सैयारा’ को बलियो दबदबा कायम रहेको बेला सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत यो रोमान्टिक थ्रिलर फिल्मले अपेक्षाभन्दा कम व्यापार गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार, फिल्मले भारतमा दुई दिनमा ७ करोड २५ लाख भारु नेट कलेक्सन गरेको छ । शुक्रबार ३ करोड ५० लाख र शनिबार ३ करोड ७५ लाख भारु कमाएको हो । केही स्रोतले भने पहिलो दिनको कलेक्सन ४ करोड ३१ लाख र दोस्रो दिन ३ करोड ७५ लाखसम्म रहेको उल्लेख गरेका छन् ।

यो फिल्म शाजिया इकबालद्वारा निर्देशित छ । सामाजिक भेदभाव र सच्चा प्रेमको कथामा आधारित यो फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

कमेन्ट गर्नुहोस्