‘ताराहरू’ मा अशान्त भावमा आशान्त

फिल्म । डार्क कमेडी फिल्म ‘ताराहरू’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरूको भावप्रधान अभिव्यक्ति देखिएको छ । पोस्टरमा अभिनेता आशान्त शर्माको चरित्र अशान्त र मानसिक रूपमा विचलित देखिएको छ भने अभिनेत्री मेनुका प्रधानको चरित्रले भिन्नताको आभास दिलाएको छ ।

निर्देशक आशान्त शर्माले फिल्म मध्यमवर्गीय परिवारको कथामा आधारित रहेको बताएका छन् । विशेषगरी शहरको निम्न मध्यमवर्गीय परिवारको कथालाई फिल्मले चित्रण गरेको उनको भनाइ छ ।

फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारको अभिनय रहेको छ । वेज प्रालिद्वारा निर्मित यो फिल्मका निर्माता गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी हुन् ।

कमेन्ट गर्नुहोस्