क्याप्टेन बन्दा यस्तो देखिए अनमोल (ट्रेलर रिलिज)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसी अभिनित फिल्म भएकोले नै यो वर्षकै प्रतिक्षित फिल्म मध्यको एक हो । अनमोललाई फुटवल खेलाडीको रुपमा प्रस्तुत गरिएको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् भने यसमा अनमोलसँगै प्रशान्त ताम्राकार , उपासना सिंह ठकुरी , प्रियंका एम भी लगायतको अभिनय रहेको छ । ‘यसमा अनमोललाई अघिल्लो फिल्म भन्दा भिन्न प्रस्तुतिमा पाउनु हुनेछ ‘ निर्देशक भट्टराई भन्छन ‘ पछिल्लो समय अनमोललाई दर्शकले हेर्न चाहेकै अनुसार प्रस्तुत गरेका छौ।’ फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्