रवि बने ‘ट्याग इन्टरनेसनल एकेडेमी’ को ब्रान्ड एम्बेसडर

देश । ‘नेपाल आइडल’ मार्फत चर्चित गायक रवि ओड ‘ट्याग इन्टरनेसनल एकेडेमी’ परामर्श संस्थाको ब्रान्ड प्रतिनिधि बनेका छन् । सुदूरपश्चिमको गाउँबाट सुरु भएको उनको सांगीतिक यात्रा काठमाडौं हुँदै अमेरिका, अष्ट्रेलिया, जापानसम्म फैलिएको छ। उनी गायक मात्र नभई संघर्षशील जीवनशैलीका प्रेरणादायी व्यक्तित्व पनि हुन् ।

संस्थाका व्यवस्थापक रोजन रिसालले रविको अन्तर्राष्ट्रिय अनुभव, संगीतमा सफलता र युवासँगको सम्बन्धले ट्यागलाई थप विश्वसनीय बनाउने बताए । ‘उहाँजस्ता प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो गौरव हो’, उनले भने । रविले यो सहकार्यलाई आफ्नो जीवनको महत्वपूर्ण अध्याय ठान्दै विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रेरणा दिने बताए ।

‘मेरो अनुभव र ऊर्जा अब विद्यार्थीका लागि मार्गदर्शन बन्नेछ । म ट्यागसँग प्रतिनिधि मात्र होइन, विद्यार्थीको साथी बन्न चाहन्छु’, उनले भने।ट्याग इन्टरनेसनल एकेडेमीले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई व्यावसायिक मार्गदर्शन प्रदान गर्दै आएको छ । रविसँगको सहकार्यबाट संस्थाले थप प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ ।

कमेन्ट गर्नुहोस्