दर्शकसँगै बढ्यो ‘बोक्सीको घर’ लाई दिएको शो

फिल्म । शुक्रबार प्रदर्शन गरिएको फिल्म ‘बोक्सीको घर’ को उत्साहजनक सुरुआत भएको छ । प्रदर्शनको पहिलो दिन नै फिल्मलाई प्राप्त शो भरिएपछि शनिवार शो बढेको छ । काठमाडौँका अधिकाँस मल्टिप्लेक्सले उच्च शोसहित फिल्म प्रदर्शनको समय सार्वजनिक गरेका छन् । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ‘बोक्सीको घर’लाई शनिबार ३८ शो र मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ ।

अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले शनिबार आक्रामक कलेक्सन गर्ने अनुमान गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्