‘पुजार सार्की’को छायाङ्कन सुरु

फिल्म । अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्तसँगै कास्की जिल्लाको कास्कीकोटमा छायाङ्कन सुरू भएको छ । दिनेश राउतको निर्देशनमा तयार हुने फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

यसलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । राजेश श्रेष्ठको डिओपी रहने ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने फिल्मका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेशराज गिरी, तर्कराज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डे र प्रिया रोक्काको मेकअप रहनेछ । यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्