सङ्गीत । गायिका एलिना चौहानको नयाँ रोमान्टिक गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । एलिनाको आफ्नै जीवनसँग मेल खाने गरी तयार पारिएको यस गीतमा शब्द र सङ्गीत कस्तुप पन्तको रहेको छ ।
रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको यस गीतका हरेक शब्दमा गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरेझैँ लाग्छ । रोमान्टिक शैलीको यो गीतका शब्दहरू निकै मर्मस्पर्शी छन् ।
सारथी म्युजिक प्रालिले निर्माण गरेको गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । धेरै कोरसको प्रयोग गरिएको यस भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको छ।
कमेन्ट गर्नुहोस्










