कपिलको शोमा फर्किए सिद्धु

टिभी । द ग्रेट इन्डियन कपिल शर्मा शोको तेस्रो सिजनको प्रतीक्षा गरिरहेका फ्यानहरूले ठूलो खुशीको खबर पाएका छन् । नवजोत सिंह सिद्धु लगभग ६ वर्षपछि शोमा फर्किँदैछन् ।

सन् २०१९ मा सिद्धुले राजनीतिक कारणले शो छोडेका थिए । तर अब उनी वर्षौंपछि पुनरागमन गर्दैछन्। नेटफ्लिक्समा आउने कमेडी शोको प्रोमो सेयर गर्दै सिद्धुको पुनरागमनको घोषणा गरिएको छ । साथै, शोको सुरुवात मिति पनि सार्वजनिक गरिएको छ। कपिलको शो जुन २१ बाट नेटफ्लिक्समा प्रसारण हुनेछ ।

प्रोमोमा कपिलले अब आफ्नो परिवार ठूलो भएको बताएका छन् । यसअघि कमेडी शोमा सिद्धुको ठाउँमा अर्चना पुरण सिंहले काम गरेकी थिइन् । कपिलले अब शोमा दुई जना जज हुने बताएका छन् । शोमा अर्चनासँगै सिद्धु पनि देखिनेछन् । यसको अर्थ अर्चना शोमा नै रहनेछिन्।

कमेन्ट गर्नुहोस्