देश । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत इन्डोर र आउटडोर फिल्म छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन तथा स्वदेशी र विदेशी फिल्मको छायांकनलाई सहज बनाउन यस्तो नीति ल्याइएको बताए ।
उनले भने,‘नेपाली कला, संस्कृतिको संरक्षण र फिल्म छायांकनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’
यो कदमले नेपाली फिल्म उद्योगको विकास र अन्तर्राष्ट्रिय फिल्म निर्माणमा नेपाललाई आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्











