सङ्गीत । गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् ।
हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्री केसी र अमित प्रधानको अभिनय रहेको छ । यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।
भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन् । भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिचेका हुन् भने उत्पादन व्यवस्थापक सलिम एमएसएम गरेका छन् ।
कमेन्ट गर्नुहोस्











