फिल्म । विश्वकै प्रख्यात मानिने बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। । उक्त स्कूलले एसिया मुलुकबाट मात्र १८ जना युवा फिल्मकर्मीलाई छात्रवृत्तिमा छान्ने काम गर्छन । यी छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसङ्ग मिलेर आफ्नो फिल्मको तयारी गर्छन् । छनोट भएका निर्देशक लोप्चाले नेपालमा पहिलोपटक आइफोनद्वारा फिल्म बनाएका हुन् ।
उनि कोरियाको बुसान एसियन फिल्म स्कूलमा ८ महिना अध्यन गर्नेछन् । उनले त्यहि आफ्नो आगामी फिल्मको सम्पूर्ण तयारी गरिने बताए । ‘तयारी यहि रहेर हुनेछ भने आउँदो वर्ष (सन् २०२६) मा फिल्मको छायांकन नेपालमा गर्नेछु’, निर्देशक लोप्चनले भने ।
उनको पहिलो फिल्म ‘अ प्लेस अन्डर द सन’ ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा उलब्ध छ । निर्देशक लोप्चनले र्यापर बालेनको ‘मार्फा’ गीतको भिडियो निर्देशन गरिसकेका छन् ।












