सिड्नीमा प्रदर्शन हुँदै ‘रंगी’

फिल्म । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । यो फिल्म नेपालमा गत फागुन २ गते रिलिज भएको थियो । अष्ट्रेलियामा यसलाई पाल्पा इन्टरटेन्मेन्टले रिलिज गर्न लागेको हो ।

यो फिल्म आगामी अप्रिल ६ मा अबनमा रहेको रिडीङ सिनेमामा साँझ ६ बजेर ३० मिनेटमा प्रदर्शन हुनेछ । साथै, त्यसको दुई दिनपछि अप्रिल ८ मा हर्स्टभिलमा रहेको इभेन्ट सिनेमामा साँझ ५ बजेर ३० मिनेटमा शो हुनेछ । सिड्नीमा नेपालीहरुको बलियो बसोबास रहेको यी दुई सहरमा हुने शोपछि अन्य स्थानमा पनि प्रदर्शन हुने आयोजकले जनाएका छन् ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन रहेको छ ।

दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

कमेन्ट गर्नुहोस्