दोस्रो सातामा ‘लाज शरणम्’

फिल्म । गत शिवरात्रिको अवसर पारेर फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । सोही मितिमा प्रदर्शन भएका अन्य फिल्मको तुलनामा व्यसायिक रुपमा सफल मानिएको फिल्मले दोस्रो सातामा एक सय ५० भन्दा बढी शो प्राप्त गरेको निर्माता नवीन श्रेष्ठले दावी गरेका छन् ।

‘दर्शकले राम्रो प्रतिक्रियाका साथै साथ दिनुभएकै कारण फिल्म दोस्रो सातामा प्रवेश गरेको छ’, निर्माता श्रेष्ठले भने । दर्शकको साथ प्राप्त भएको बताएता पनि निर्माण पक्षले एक साताको व्यावसायिक रिपोर्ट भने सार्वजनिक गरेको छैन ।

फिल्ममा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता छन् ।

कमेन्ट गर्नुहोस्