फिल्म । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज ल्याएका छन् । कमेडी जनरमा तयार गरिएको सिरिलको ट्रेलर सार्वजनकि गर्दा कलाकार श्रेष्ठले यसको विषयवस्तु बारे जानकारी गराएका छन् । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन ।
सिरिजमा सविनले रक्की र दिनेशले एचडी र प्रकाशले धनकाजीको पात्र निर्वाह गरेका छन् । ‘यस सिरिजमा मोफसलबाट काठमाडौँमा आएका २ युवाको कथा देखाएका छौँ । उनीहरुले कोठा बस्दा भोग्ने जीवन र घरबेटीसँगको सम्बन्धलाई सिरिजमा चित्रण गरिएको छ’, सविनले भने ।
यसमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ‘ईकु’ लगायतका कलाकार समेत छन् ।
कमेन्ट गर्नुहोस्












