रामकृष्णको ‘मालती मङ्गले’ प्रकुले निर्देशन गर्ने

फिल्म । गायक रामकृष्ण ढकालले फिल्म निर्माण गर्ने भएका छन् । उनको निर्माण रहने फिल् ‘मालती मङ्गले’ शीर्षक हालै चलचित्र विकास बोर्डमा दर्ता गर्दै घोषणा गरिएको छ । नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र आशीर्वाद मा अभिनय गरेका थिए ।

उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन् ।

यो चलचित्र रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् । हालका लागि चलचित्रको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालले बताएका छन् ।

नेपाली सङ्गीतमा लामो अनुभव सँगालेका ढकालले चलचित्र निर्माणमा नयाँ मोड लिँदै गर्दा ‘मालती मङ्गले’को कथा के हो र यो चलचित्र कस्तो बन्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्