सङ्गीत । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा गायक राजेशपायल राईले गाएको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको शब्द, राजेशपायलको स्वर तथा महेन्द्र राईको संगीत रहेको छ । यसगीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन् ।
करणको वास्तविक प्रेम कहानी जोडिएको गीतमा राजेशपायलले गाउनु को कारण भने रोचक रहेको छ । करणले भने,‘आफ्नो जिवनसँ जोडिएको गीत गाउन मैले सकिन, त्यहि कारण आदरणिय वरिष्ठ गायक राजेशपायल दाईलाई गाउने जिम्म दिएको हो ।’ करणले सार्वजनिक गीतको बारेमा बोल्दै भने,‘ब्रेकअपपछि बेलुकी रुदै यो गीत लेखेको थिए ।’
कमेन्ट गर्नुहोस्












