फिल्म । बलिउडकी अभिनेत्री कृति सेनन प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय सञ्चारमाध्यममा छ । बलिउडलाइफका अनुसार उनी व्यवसायी कबिर बहियासँग प्रेम सम्बन्धमा छिन् । केही दिनदेखि लगातार उनीहरूको प्रेम सम्बन्धलाई लिएर खबर आइरहेको छ।
उनीहरूको सामाजिक सञ्जालमा सार्वजनिक भएको उनीहरुको तस्बिरमा दुवै ग्रीक आइल्यान्ड मायकोनोसमा छुट्टी मनाइरहेका छन् । कबिर बहिया लन्डनमा बस्छन् । उनका बुवा कुलजिन्दर बहिया युके बेस्ड ट्राभल एजेन्सीका मालिक हुन् । यद्यपि कृतिले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी छैनन्।
कमेन्ट गर्नुहोस्









